३२ साउन, काठमाडौं । नेकपा एमालेका युवा नेता महेश वस्नेतले अहिलेको सरकारलाई मापसेको सरकार भन्दै टिप्पणी गरेका छन् । आज प्रतिनिधि सभा बैठकमा बोल्दै नेता वस्नेतले अहिलेको सरकार माधव नेपाल, शेरबहादुर देउवा र प्रचण्ड मिलेर बनेको भन्दै यस्तो टिप्पणी गरेका हुन् ।

उनले अदालतप्रति पनि कटाक्ष गर्दै अहिले कार्यपालीका लगाएतले गरेका निर्णय उल्ट्याउन सक्ने न्यायालय धेरै स्ट्रङग भएको टिप्पणी गरेका छन् । साथै उनले ओली सरकारले गरेका आर्थिकका कामहरुलाई अर्थमन्त्री शर्माले हटाउन खोजेको भन्दै त्यसो नगर्न चेतावनी समेत दिएका छन् ।

बस्नेतले सरकारले संसद अधिवेशन अन्त्य गरेर एमाले विभाजन गर्ने अध्यादेश ल्याउनलागेको भन्दै विरोध जनाएका छन् । विशेष समयमा बोल्दै सांसद बस्नेतले संसद अधिवेशन गरेर अध्यादेश ल्याए आजको दिन संसदीय इतिहासमा कालो दिनको रुपमा अंकित हुने बताएका छन् ।

सांसद बस्नेतले अदालतबाट संसद पुनर्स्थापनाको निर्णय भएपछिको डेढ महिना श्रद्धाञ्जली, शून्य समय र प्रतिवेदन पेश गर्नेबाहेक कुनै काम नभएको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय