३१ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० सम्झौतालाई सत्तारुढ गठबन्धनमा खेल्ने हतियारका रुपमा प्रयोग गर्न खोजिएको बताएका छन् । साथै एमसीसीबारे उग्र भएर प्रस्तुत नहुन समेत नेता कार्यकर्तालाई उनले आग्रह गरेका छन् ।

शनिबार र आइतबार दुई दिन बसेको बैठकमा नेताहरुले प्रचण्डको राजनीतिक तथा सांगठनिक प्रतिवेदनमा प्रश्न उठाउँदै एमसीसीबारे प्रष्ट पार्न माग गरेका थिए । जवाफका क्रममा प्रचण्डले एमसीसी पारित गर्नैहुन्न भन्ने पक्षमा आफू नभएको बताएका छन् । तर सम्झौताका कतिपय प्रावधान राष्ट्रिय हित अनुकूल नभएकाले साविकको नेकपाको कार्यदलको सुझावअनुसार परिर्माजन गरेर मात्र अघि बढ्नुपर्ने बताए ।

सत्तारुढ गठबन्धनमा छलफल गरेर अघि बढ्ने भन्दै उनले भने, ‘एमसीसीलाई गठबन्धनमा खेल्ने हतियारको रुपमा प्रयोग गर्न खोजिएको छ, तपाईहरु उग्र भएर प्रस्तुत नहुनुस् ।’ उनले शासकीय स्वरुपबारे पनि धेरै नबोल्ने बताए । अहिले नै गठबन्धन एकठाउँमा आउने सम्भावना भएकाले उपयुक्त समयमा छलफल गर्नुपर्ने बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय