
२ साउन, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ८ सय ७५ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । पीसीआर परीक्षणबाट १३ सय १० र एन्टिजेन परीक्षणबाट ५ सय ६५ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
२४ घन्टामा १० हजार ६६ जनमा परीक्षण भएको थियो । तीमध्ये ६ हजार ८ सय ५८ जनामा पीसीआर र ३ हजार ३ सय ८ जनामा एन्टिजेन परीक्षण गरिएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेहरुको संख्या ६ लाख ६५ हजार ८ सय ८६ पुगेको छ । यस्तै, २४ घन्टामा २ हजार १ सय ६४ जना संक्रमित निको भएका छन् । हालसम्म नेपालमा कोरोनबाट निको हुनेको संख्या ६ लाख ३० हजार ४ सय ७ पुगेको मन्त्रालयले जनाएको छ ।
नेपाली सेनाले विभिन्न मितिमा शव व्यवस्थापन गरेको समेत गरेर थप शनिबार २१ जना मृतक थपिएका छन् । हालस्मम नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ५ सय २७ छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या २३ हजार ९ सय ५२ जना छन् । यस्तै, ३ सय ३७ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । यस्तै, काठमडौंमा संक्रय संक्रमितको संख्या ५ हजार ५ सय ४०,भक्तपुरमा ९ सय ८ र ललितपुर ९ सय ५१ रहेको मन्त्रालयले जनाएको छ ।