काठमाडौं ३१ साउन । नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटीको बैठक पुनः बस्दै छ । आज बिहान पेरिसडाँडामा स्थायी कमिटीको बैठक बसेको थियो । त्यसपछि बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा केन्द्रीय कमिटीको बैठक बस्यो ।

केन्द्रीय कमिटीको बैठक रोकेर फेरि स्थायी कमिटीको बैठक बस्न लागेको हो । केन्द्रीय कमिटी बैठकमा बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि समूहगत निष्कर्ष प्रस्तुत गरिएको छ । उक्त प्रतिवेदनमाथि छलफलका लागि आठवटा समूह बनाइएको थियो ।

स्थायी कमिटीमा ती आठ समूहबाट आएको निष्कर्षमा छलफल गरिने र केन्द्रीय कमिटी बैठकमा निचोड प्रस्तुत गरिने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय