डिल्ली बस्नेत ‘संगीत’

यद्यपि,राष्ट्रियतालाई फरक कोण र फरक मनोविज्ञानबाट हेर्ने गरिएको छ । राष्ट्रियताको  मापदण्ड जेसुकै तरिकाले लिइए पनि भुगोलसंग जोडिएका जनताको पहिचान गुम्नु हुँदैन । स्वाभिमान र श्रद्धामा आँच आउनु हुँदैन । आन्तरिक राष्ट्रियता सबल हुन सकेन भने बाह्य राष्ट्रियता कमजोर हुन्छ । एउटा कमजोर भए अर्को कमजोर हुनु स्वभाविक नै हो ।

नेपालमा देशभक्तिको भावना नेपाल अंग्रेज युद्धसंगै विकसित भएको देखिन्छ ।
त्यतिवेलाको राष्ट्रियता स्वाभीमान र पहिचानसंग जोडिएको थियो । त्यही स्वाभीमान र
पहिचानले आज हामी नेपालीहरु विर गोर्खाली र स्वाभीमानी नेपाली भएर गर्वका साथ
बाँच्न सफल भएका छौँ ।

हाम्रा पूर्खाहरुको त्याग र तपस्याले आर्जेको मुलुक हो नेपाल । त्यो त्याग, तपस्या र स्वाभीन हिँजो पनि थियो । आज पनि छ । र, भोलि
पनि रहनेछ । केही सीमित व्यक्तिहरुको कुत्सित स्वार्थले हाम्रो स्वाभीमान गुम्न सक्दैन। र, गुम्नु हुँदैन पनि । यद्यपि, अहिले नेपालको राष्ट्रियता निकै कमजोर हुनपुगेको देखिन्छ । नेपालको राष्ट्रियतामाथि विदेशी शक्तिहरुले धावा बोल्नु योगतिलो प्रमाण पनि हो । एकातिर छिमेकी देश भारतका कयौँ गतिविधिहरुले हाम्रोराष्ट्रियतामाथि गम्भीर चोटहरु पुग्दै गएका छन् भने अर्कोतिर पश्चिमा शक्तिहरुविभिन्न वाहानामा हाम्रो देशमा छिर्ने प्रयास गरिरहेका छन् । विभिन्न आश, प्रलोभनमापारेर विभिन्न वाहानामा सत्ता परिवर्तन गराउँदै धार्मिक पक्षलाई तहस नहस गराउनेखेलमा उनीहरु सामेल भइरहेका देखिन्छन् । यतिवेला सचेत देशभकत नागरिकले यस्लाईनजरअन्दाज ग¥यो भने भोलिको दिन भयावहको स्थिति आउने कुरामा कुनै दुइमत नै हुनेछैन ।

खैर १ जनता जतिसुकै जनार्दन भए उनीहरुकै विश्वासले सत्तामा पुगेका विभिन्नदलका शीर्ष नेताहरुबाट नै ठूलाठूला राष्ट्रघात हुनु भनेको नै नेपालको राष्ट्रियता धरापमा पर्नु हो । आखिर देश भूगोल मात्र होइन जनता पनि हो । जुन कुराले जनताको हित हुन्छ त्यही कुरोले देशको हित गर्ने हो । जनताको अधिकार भन्नु के देशको अधिकार होइन र रु भूगोल कही जाँदैन । त्यो स्थीर भएर रहीरहन्छ । हराउने केवल जनता मात्र हो । जनता हराउनु भनेको उनीहरुको पहिचान हराउनु हो । हामी पहिचान विनाको राष्ट्रियताको खोजिमा छौँ कि पहिचान सहितको राष्ट्रियताको खोजिमा छौँ रु एकपटक गम्भीर भएर सोँच्ने हो कि ? 

ज्यूँदो हुनुको वास्तविकता स्वास फेर्नु मात्र होइन । ज्यूँदो हुनु भनेकै चल्मलाउनु, तरंगिनु र लहराउनु पनि हो । तैपनि, कयौँ मान्छेहरु ज्यूँदो
हुँदाहुँदै पनि मरिरहेका छन् । कयौँ मान्छेहरु मरेर पनि बाँचिरहेका छन् । अहिले हामी कुन अवस्थामा बाँचिरहेका छौँ रु यो प्रश्न हरेक नेपालीहरुले एकपटक गहिरिएर सोच्नु पर्ने वेला आइसकेको छ । हामी बाँचेर पनि मरिरहेका छौँ भने हाम्रो अस्तित्व नै छैन भन्दा पनि हुन्छ । हामी मरेर पनि बाँच्न चाहान्छौँ भने वास्तवमा त्यो नै हाम्रो स्वाभीमान र वास्तविक पहिचानसंग जोडिन पुग्छ ।

देश दलदलको दवदवाभन्दा कहिल्यै पनि माथि उठ्न सकेन । माथि उठ्न कहिल्यै पनि  दिइएन । हामीले सबै कुराहरु भोग्दै आएका छौँ र भोग्दै जानेछौँ पनि । तैपनि, हाम्रो भोगाइले हामीलाई कहिल्यै पनि गतिलो पाठ सिकाउन सकेन । हामी आँखामा चश्मा र कानमा ठेटी कोचेर सभ्यताको दुहाइ दिदैँ गयौँ । तर, त्यो सभ्यताले हामीलाई नेपाली भएर बाँच्न सिकायो कि विदेशी भएर नाँच्न सिकायो ?  त्यो कुरामा हामीले कहिल्यै पनि ध्यान दिन चाहेनौँ ।

विदेशी ऐजेन्डा बोकेर रमाउने हाम्रा नेतागणहरुको छुद्र मानसिकताको पछि लाग्दैमा हामीले करिव ३ दशकसम्म यो देशलाई भोटे ताल्चा लगाइ रह्यौँ । विदेशी गुणगान र बखानको सिलसिलामा हामी हाम्रो भाषा र संस्कृतिलाई ओझेल पार्दै गयौँ । विदेशी प्रभुको इशारामा देशका अमुल्य सम्पतिहरुलाई उनीहरुकै जिम्मा लगाउँदै गयौँ । परिणामस्वरुप हामी क्यारम बोर्डका गोटी बन्दै गयौँ । गोल गोल भन्दैमा हाम्रो राजनिती भद्रगोल बन्दै गयो । तीनतिर
फर्केका नेताहरुका चेहराहरु दिग्भ्रमित बन्दै गए ।

वास्तविक राष्ट्रियता यहाँ ओझेल पर्दै गयो । र, ओझेल पारिदैँ गयो । अब कतिन्जेल हामीलाई  राष्ट्रियताको दुहाइ दिएर झुक्याउँछन् यी राजनैतिक दलहरुले ? पक्कै पनित्यो हाम्रो चेतनाको स्तरमा भर पर्ने कुरा हो । हामी हाम्रो चेतनालाई विदेशी संस्कृतिसंग जोडेर हेरिरहेका छौँ । हाम्रो मानसिकता नै गरिवी बनेको छ ।

त्यही गरिवी मानसिकताले नेपाल आमाको फाटेको बस्त्र हेरेर हामी हाँस्न खोज्दैछौँ ।
आमाको फाटेको लुगा देख्दा हाँस्ने सन्तानहरुले आमालाई कहिल्यै पनि खुसी
दिन सक्दैनन् । हामीसंग जे छ, सबथोक छ । सबथोक पाएका हामी नेपालीहरु सुनको कचौरा
लिएर माग्न जाने तरखरमा देखिदैछौँ । जल, जमिन र जडिबुटीको भण्डार भएको मेरो देशले आफूलाई चिनाउने धेरै आधारहरु छन् । संसारकै शिर भएको मेरो देश झुक्नु भनेको संसारकै शिर निहुरिनु होइन र रु गौतम बुद्धको शान्तिको उद्घोष गर्ने मेरो देशमा विदेशी सैनिकका परेडहरु गुन्जिनु कहाँसम्म जायज होरु तैपनि, अझैँसम्म हामीमा त्यो चेत आएको छैन ।

हामी अर्कैको आड र भरोसामा चल्न मन पराउँछौँ । अर्कैको इशारामा हिड्न अभ्यस्त भइसकेका  हामीहरुलाई आफूमा फिटिक्कै विश्वास छैन । कतिन्जेलसम्म हामी अर्कैका गोटी भएर बाँच्न चाहान्छौँ रु हामीलाई जोडने र फोड्ने सबै अरुहरुले नै गरिरहेका छन् । जवसम्म हामी आफूप्रति विश्वास गर्दैनौँ तवसम्म हामी गुलामी मानसिकताले बाँच्न बाध्य हुनेछौँ । जवसम्म हामी गुलामी मानसिकताले बाँचिरहन्छौँ तवसम्म हाम्रो राष्ट्र र राष्ट्रियताको धरातल कमजोर हुनेछ । जन्मदिने आमालाई रुवाएर सम्पतिमा लुछाचुडि गर्ने सन्तानहरु कहिल्यै पनि खुसी भएर बाँच्न सक्दैनन् ।

आमाको आर्शिवादले मात्र सन्तानहरुले सुखभोग गर्न पाउँछन् । र, शान्ति र अमनचयनको स्वास फेर्न पाउँछन् । तर, आज नेपाल आमाको आँखामा आँसु छचल्कि  रहेको छ । कसैले पनि देख्न चाहन्न । सबैलाई आफ्नै दल र वादको चिन्ता छ । त्यही दल र वादको बढ्दो विभेदले पछिल्लो अवस्थामा विवाद वढ्दै गइरहेको छ । घुम्ने मेचमाथिका अन्धा मान्छेहरुको दवदवाकै कारण विदेशी शक्तिहरुले खेल्ने
प्रशस्त ठाउँहरु पाएका छन् । जतिसुकै विदेशी हस्तक्षेप भए पनि हाम्रो हाम्रो स्वाभीमान कहिल्यै डगेन । र, डग्ने छैन पनि । स्वाभीमानी नेपाली भएर बाँच्नु पाउनु हाम्रो अहोभाग्य नै हो । तैपनि, पछिल्ला दिनहरुमा नेपाल र नेपालीहरुको स्वाभीमानलाई डगाउने प्रयास गरिदैँछ । नेपाल र नेपाली परिवेशलाई भत्काउने प्रयास गरिदैँछ । पुण्य र पवित्र भूमिमा विष बृक्षहरु झागिन खोज्दैछन् । यो देशभक्त नेपालीहरुको लागि कदापी सह्ैय हुन सक्दैन । राष्ट्रियताको जति नै दुहाइ दिए पनि आन्तरिक रुपमा राष्ट्रियता कमजोर हुँदै गयो भने बाह्य शक्तिहरुले चलखेल अवश्य नै
गर्नेछन् ।

स्मरण रहोस, विदेशी शक्तिको जुठो भात भन्दा जन्मदिने आमाको सयौँ लात
प्यारो हुन्छ । हाम्रा पुर्खाहरुको त्याग र तपस्याले आर्जिएको मुलुक कहिल्यै पनि
गुलाम हुन जानेन् । र, सक्दैन पनि । हामी नेपालीहरुको स्वाभीमान सदैव उचो थियो
। र, रहँदै जानेछ पनि ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय