२९ साउन, एजेन्सी । बेलायतको डेभन काउन्टीमा पर्ने प्लाइमाउथ सहरमा अन्धाधुन्ध गोली चल्दा आक्रमणकारीसहित ६ जनाको मृत्यु भएको छ । घटनामा परी ज्यान गुमाउनेमा तीनजना महिला, दुईजना पुरुष र एक आक्रमणकारी रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले उक्त घटना आतंकवादी हमलासँग सम्बन्धित नभएको पनि बताएको छ । घटनाकी प्रत्यक्षदर्शी श्यारनले भनिन्, ‘एकजना मानिसले एउटा घरको ढोकामा लात्ताले हानी अन्धाधुन्धा गोली चलाउन सुरु गर्याे । ऊ फेरि गोली चलाउँदै उक्त घरबाट निस्कियो र लिनियर पार्कमा भएका मानिसहरूतिर लक्षित गर्दै गोली चलाउन थाल्यो। यसरी यस्तो डरलाग्दो र निकै दुःखद घटना घट्यो ।’

घटनामा १० वर्षभन्दा मुनिको एक बच्चाको ज्यान गएको भन्दै प्लाइमाउथ सटन एन्ड डेभोनपोर्टका सांसद ल्युक पोलार्डले भने, ‘यो अकल्पनीय, भयानक र बिलकुल विनाशकारी छ ।’

सो घटनाबारे प्रतिक्रिया दिँदै गृहमन्त्री प्रीति पटेलले प्लाइमाउथ घटनाले स्तब्ध बनाएको भन्दै सबैजना शान्त भएर प्रहरीको सुझाब पालना गर्न आग्रह गरेकी छिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय