डिल्ली बस्नेत ‘संगीत’/ २००७ साल पूर्वको नेपाल र नेपाली परिवेशको कथा अहिले छैन । स्थान उही भए पनि समय र परिवेश फेरिएको छ । तैपनि, त्यो वेलाको जनतामा धर्म, नैतिकता र राष्ट्रियताको चेत थियो । त्यही चेतले ४ सहिदहरु जन्मायो । हाँसि हाँसी देश र जनताको खातिर आफ्नो प्राण आहुति गर्न सफल भए । ४ सहिदहरु जस्तै देशका हरेक कुना कुनामा क्रूर राणा शासनको विरुद्धमा क्रान्तिका साइरनहरु बजाउन नेपाल आमाका सन्तानहरु जागरुक भए । चाहे त्यो किसान आन्दोलनको रुपमा होस् , चाहे त्यो वर्गिय विभेदको अन्त्य गर्न होस् , चाहे त्यो जातिय विभेदलाई परास्त गर्दै समग्रतामा नेपाल र नेपाली पहिचान दिलाउन हरेक योद्धाहरु जुटिरहे । फलस्वरुप, २००७ सालमा सदियौ बर्षको एक तन्त्रीय राणा शासनको पर्खाल जगैदेखि ढल्न पुग्यो । देशमा प्रजातन्त्रको शङ्खघोष गरियो ।

एकातिर झूटको राजनितीले नेपाली जनताका सपनाहरु चोरिएका छन् भने अर्कोतिर फूटको राजनितीले विदेशी शक्तिहरुको हावी हुँदै गएको देखिन्छ । देशी, विदेशीहरुको बढ्दो चलखेलले मेरो देश रणभूमी बन्न पुगेको छ । यो रणभूमिमा हरेकले आफ्नो नाङ्गो नाँच देखाइ रहेका छन् । नेपाली जनता चाहेर या नचाहेर त्यो नाङ्गो नाँच हेर्न बाध्य भएका छन् ।

प्रजातन्त्र भन्नु नै जनताको अधिकार हो । जनताको अधिकार जनतामा निहित हुनु भनेको जन स्वतन्त्रता हो । तर, स्वछन्दता भने पक्कै होइन । तैपनि, प्रजातन्त्रको दुहाइ दिएर नेतृत्व तहमा आएको विचलन वास्तवमा स्वछन्दता हो । हरेकको आफ्नै परिधि र सिमा हुन्छ । त्यो सिमा भन्दा बाहिर गएर कुनै पनि काम गरियो भने त्यसले उल्टो प्रतिफल दिन्छ । बोल्न पाउनु अधिकार हो । तर, सिमा भन्दा बाहिर गएर बोल्दा त्यसले राम्रो परिणाम पक्कै पनि ल्याउँदैन । प्रकृतिले हामीलाई बोल्नको लागि जिब्रो दिएको छ । ख्याल गर्नुहोस् , त्यो जिब्रोको परिधि र सिमा भनेको मुखको दुवै छेउका बलिया दाँत रुपी दुइ तरबारको विचमा हुन्छ । यदि जिब्रो तरबारलाई विर्सेर बाहिर आउन खोज्यो भने काटिन्छ । त्यसैको परिणाम २००७ सालको प्रजातन्त्रको नूर २०१७ सालमा गएर काटियो । जनताको त्याग र वलिदानको कदर हुन सकेन । जनताको दोष थिएन त्यहाँ । दोष थियो केवल नेतृत्व तहको ।

बोल्न पाउनु अधिकार हो । तर, सिमा भन्दा बाहिर गएर बोल्दा त्यसले राम्रो परिणाम पक्कै पनि ल्याउँदैन । प्रकृतिले हामीलाई बोल्नको लागि जिब्रो दिएको छ । ख्याल गर्नुहोस् , त्यो जिब्रोको परिधि र सिमा भनेको मुखको दुवै छेउका बलिया दाँत रुपी दुइ तरबारको विचमा हुन्छ । यदि जिब्रो तरबारलाई विर्सेर बाहिर आउन खोज्यो भने काटिन्छ । त्यसैको परिणाम २००७ सालको प्रजातन्त्रको नूर २०१७ सालमा गएर काटियो ।

नेतृत्व तहमा विचलन आउनु भनेकै जनघात हो । जनताको सपनामा कुठाराघात हुनु हो । दलिय राजनीतिको लुछाचुँडी र दम्भकै कारण नेपाली जनताले २०१७ देखि २०४७ सालसम्मको परिणाम भोग्नु पर्याे । तैपनि, देश र जनताको मनोविज्ञान टुट्न पाएको थिएन । विकास र विस्तारका हरेक पक्षहरु सबलीकृत हुँदै गएका थिए । राष्ट्रियताको जग भत्किन पाएको थिएन । मानवीय आश्था र विश्वासको धरोहर टुट्न पाएको थिएन । सनातन वैदिक धर्म र संस्कृतिको रक्षा भएकै थियो ।

त्यही चेतले ४ सहिदहरु जन्मायो । हाँसि हाँसी देश र जनताको खातिर आफ्नो प्राण आहुति गर्न सफल भए ।

देशभित्रै विभिन्न उद्योगधन्दा तथा कलकारखानाहरु खुलेका थिए । नेपालमा आयात थोरै निर्यात बढी हुने गथ्र्यो । तर, समयान्तरसंगै देशमा बहुदलीय प्रजातान्त्रिक व्यवस्था आएसंगै पुनः नेतृत्व तहमा विचलन देखा पर्दै जान थाल्यो । विभिन्न दलहरुको दम्भ र अहंकारकै कारण जनताहरु आजित हुन थाले । जनमत केवल चुनाव प्रयोजनका लागि मात्र हुन थाल्यो । चुनावी नाराहरु शक्तिशाली बन्दै जान थाले । तर, चुनाव पश्चात जनताको वास्तविक कथा र व्यथालाई नेतृत्व तहले बुझ्न चाहेन । राष्ट्रिय राजनीति कमाउ तन्त्रमा परिणत हुनथाल्यो । जे जसरी भए पनि सत्ता र शक्तिमा पुग्नु पर्छ भन्ने मानसिकताको विकास हुन थाल्यो । खुलेयाम भ्रष्टाचारले जरा गाड्न थाल्यो । सदन देखि सडकसम्म भ्रष्ट मनोवृतका चेहराहरु देखिन थाले । जनताको चुल्हो कहिल्यै बल्न सकेन । चारैतिर महंगीले डेरा कस्न थाल्यो । जनताको मनोविज्ञान खल्बलिन थाल्यो । त्यही मनोविज्ञानलाई बुझ्दै मौकामा चौका हान्न केही मान्छेहरु सफल भए । बाध्य भएर नेपाली जनता आफू अनुकुलको विकल्प खोज्न थाले । त्यसैको परिणाम थियो २०५२ को शसस्त्र जनयुद्ध ।

जनयुद्ध जनताकै बलमा गरिएको थियो । तैपनि, ती जनताहरु जे जस्तो मनोविज्ञानलाई बुझेर शसस्त्र जनयुद्धमा होमिएका थिए, के आज उनीहरुले देखेको सपना पूरा भएको छ त रु पक्कै पनि छैन होला । कयौ घाइते र अपाङ्ग भएर जीवन मरणको दोसाँधमा छन् । कयौँ आफ्नो जन्मभूमी छोडेर गास, बास, कपासकै लागि विदेशिन बाध्य भएका छन् । कयौँ अझैँ पनि वेपत्ता भएका छन् । जे जसरी उनीहरुले जनयुद्धलाई बुझे त्यो बुझाइ गलत थियो भन्न नसकिएला । तर, उनीहरुलाई त्यो सपना देखाइएकै हो । सपना देख्नु कुनै गल्ति होइन । तर, सपनाको व्यापार गरेर ढाडमा टेकी उनीहरुकै टाउकोमा हान्नु पक्कै पनि जायज होइन । आखिर यो मुलकमा के जायज, के नाजायज हो, केही पनि भन्न सकिने अवस्था छैन ।

आफ्नो लागि गरिएका हरेक कार्यहरु सबै जायज हुन् भन्ने मानसिकताले मेरो देश ग्रस्त देखिन्छ । आफ्नो र विरानो छुट्याउँदै जाँदा यहाँ आफ्नै आँगनमा फूटको राजनीति मौलाएको देखिन्छ । एकातिर झूटको राजनितीले नेपाली जनताका सपनाहरु चोरिएका छन् भने अर्कोतिर फूटको राजनितीले विदेशी शक्तिहरुको हावी हुँदै गएको देखिन्छ । देशी, विदेशीहरुको बढ्दो चलखेलले मेरो देश रणभूमी बन्न पुगेको छ । यो रणभूमिमा हरेकले आफ्नो नाङ्गो नाँच देखाइ रहेका छन् । नेपाली जनता चाहेर या नचाहेर त्यो नाङ्गो नाँच हेर्न बाध्य भएका छन् । आखिर को हुन् नेपाली जनता रु हरेक दलले नेपाली जनताको हक हितको लागि आफू कटिबद्ध भएर अगाडि बढिरहेको जिकिर गरिरहेको छ । हरेक दलभित्र जनताको अभिमत छ ।

जनता जनार्दन हो भन्ने जान्दा जान्दै पनि जनतालाई सत्ता चढ्ने भर्याङको रुपमा मात्र लिइन्छ भने आखिर जनताको अस्तित्व नै के रह्यो र ? अस्तु

हरेक दललाई सत्ता र शक्तिमा पुर्याउन जनताको अभिमत चाहिन्छ नै । तैपनि, दलसंग आबद्ध भएका जनता बाहेक अरु जनताहरुको यहाँ कहिल्यै पनि कदर भएन । हरेक दलहरुले यस्तै सोँच राख्दै जाने हो भने दलविहीन नेपाली जनताहरुको अवस्था सदैव शून्यमा नै रहन्छ । सबै जनता एउटै दलमा आवद्ध हुन पनि सक्दैन । फरक पन र फरक विचारको संयोजन नै दलीय मान्यता हो । आफूभन्दा फरक विचार भएकाहरुलाई देख्न नचाहाने सत्तासिनहरुको संकृण सोँचकै कारण राजनितीमा विखन्डन वादको सिर्जना भएको छ । यही विखन्डन वादको कारण नेपालको राष्ट्रियता संकटमा परेको छ । राष्ट्रियताको राग अलाप्दैमा राष्ट्रवादी भइदैन भन्ने कुरा विगतले छर्लङ्ग देखाइ सकेको छ । राष्ट्रवाद कोरा सिद्धान्तमा होइन व्यवहारमा देखिनु पर्छ । राष्ट्रियता राजनितीसंग जोडिन नसक्नु भनेकै राजनितीभित्रको संकृण सोँच र विश्रृङ्खलित मानसिकता हो ।

आफूभन्दा फरक विचार भएकाहरुलाई देख्न नचाहाने सत्तासिनहरुको संकृण सोँचकै कारण राजनितीमा विखन्डन वादको सिर्जना भएको छ । यही विखन्डन वादको कारण नेपालको राष्ट्रियता संकटमा परेको छ ।

खबरदार १ देश भौतिक भुगोलको छेउकुना मात्र होइन । मानवीय भूगोलको नालीवेली पनि मेरो देश हो । देशलाई दलदलमा फसाएर धमिलो पानीमा माछा मार्ने चलखेलले प्रत्यक्ष रुपमा मानवीय भूगोलमा नराम्रो प्रभाव पर्दै गएको छ भने परोक्ष रुपमा मेरो देशको भौतिक भूगोल पनि टुक्रिने अवस्थामा देखिन्छ । राष्ट्र र राष्ट्रियताको दुहाइ दिएर जनतालाई इमोस्नली ब्ल्याक मेल गर्न जानेका नेताहरुको चरित्र दिन प्रतिदिन उदाङ्गो सावित हुँदै गइरहेको छ । जनता जनार्दन हो भन्ने जान्दा जान्दै पनि जनतालाई सत्ता चढ्ने भर्याङको रुपमा मात्र लिइन्छ भने आखिर जनताको अस्तित्व नै के रह्यो र ? अस्तु

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय