२८ साउन, काठमाडौं । बलात्कार मुद्दाका आरोपी छुटाइदिने भन्दै एक करोड रुपैयाँ माग गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पोखरा महानगरपालिका–१८ सारङ्कोट बस्ने ४९ वर्षीय भोजराज त्रिपाठी छन् । उनलाई बुधबार जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको हो ।

२०७७ फागुन १९ गते बलात्कार मुद्दाका प्रतिवादीलाई ‘प्रहरी, वकिल र अदालतसँग सेटिङ छ, १ करोड रकम दिए मिलाई दिन्छु । नत्र १५ वर्ष जेल जान्छ’ भनी उनले झूठ्ठो आश्वासन तथा विश्वास दिलाई प्रलोभनमा पारेका थिए । त्यसपछि प्रतिवादी पक्षबाट १२ लाख रुपैयाँको चेक र नगद १ लाख १० हजार रुपैयाँ लिई उनले ठगी गरेका थिए । ठगी गरेको कसुरमा संलग्न रही फरार रहेका उनलाई प्रहरीले पोखरा महानगरपालिका–१८ सारङ्कोटबाट पक्राउ गरेको हो ।

यसअघि सोही घटनामा संलग्न रहेका सुर्यलाल खड्का र कमन भन्ने कमान बहादुर तामाङलाई पोखरा महानगरपालिका–१७ राष्ट्रबैंक चोकस्थित खाजाघरबाट प्रहरीले पक्राउ गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय