२८ साउन, काठमाडौं । कोभिड–१९ संक्रमणको जोखिम बढेको जनाउँदै काठमाडौँ उपत्यकामा बिहीबार राति ८ बजेदेखि सार्वजनिक तथा निजी सवारी साधन सञ्चालन गर्न नपाइने गरी निषेधाज्ञा लागू गरिएको छ । उपत्यकाका तीनवटै जिल्ला प्रशासनले आगामी भदौ ८ गतेसम्मका लागि यस्तो व्यवस्था गरेका हुन् ।

यो अवधिमा ढुवानीका अन्य साधन भने तोकिएकै समयमा सञ्चालन गर्न सकिनेछ । अत्यावश्यक काममा प्रयोग हुने सवारी चौबीसै घण्टा चल्नेछन् । उपत्यकामा पछिल्लो दुई सातादेखि निषेधाज्ञामा कडाइ गर्न थालिएको छ । अघिल्लो साता प्रशासनले सेमिनार, गोष्ठी, बैठक भर्चुअल रूपमा मात्रै गर्ने निर्णय गरेको थियो ।

अन्य गतिविधिका सन्दर्भमा भने विगतमा लागू भएको आदेशलाई यथावत् राखिएको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले जानकारी दिए । उपत्यकाका तीन जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर) का प्रजिअसहितको बैठकले उक्त आदेश जारी गरेको हो । अन्य विभिन्न जिल्लामा पनि आदेशमा कडाइ गर्न थालिएको छ । यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ को तेस्रो लहर आउन सक्ने चेतावनी दिइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय