२६ साउन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति खनिएका छन् । प्रतिनिधिसभाको विषेश समयमा आज बोल्दै अध्यक्ष ओलीले प्रचण्डले आँफु आगो भएको र आगोसंग नखेल्न दिएको चेतावनी प्रति ईंगित गर्दै एक वाल्टि पानी काफि रहेको जवाफ दिएका छन् । साथै ओलीले स्वार्थहरुको गठबन्धनको संस्कृतिले देश डुब्न लागेको समेत टिप्पणी गरेका छन् । उनले

आँफुलाई कुनै पदको लोभ नभएको भन्दै प्रधानमन्त्री बन्नकै लागी नभई देशको सेवा गर्नका निम्ती जन्मिएको समेत दाबी गरेका छन् । ओलीले बिभिन्न पार्टीका नेताहरुका रिस, कुण्ठा, आकांक्षा, कुनै गठबन्धनको जोर घटाउ, कुनै जाली मुद्धाबाट नभई र कसैको भागबाट उछ्टिीएर आफ्नो भागमा प्रधानमन्त्री पद आएको नभई काम हेरेर नेपाली जनताले मत दिई प्रधानमन्त्री बनाएको बताएका छन् । साथै ओलीले कुनै परमादेशबाट पनि नभई जनादेशबाट आँफु प्रधानमन्त्री बनेर आएको बताएका छन् ।

ओलीले गठबन्धन सरकारप्रति व्यंग्य गर्दै भने ४ ओटा मन्त्रालय आँफुसंग राख्नुभएको छ दिनभरी घुमेर पनि सक्नुहुन्न बटुको समातेर आँगनमा घुम्दै तपाईको समय जानेभयो चिन्ता लाग्छ मलाई । साथै ओलीले असंबैधानिक, अलोकतान्त्रीक, अन्यायोचित गठबन्धनबाट आफ्नो प्रधानमन्त्री पद खोसिएको समेत बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय