२५ साउन, काठमाडौं । पाँच बिद्यार्थि संगठनहरुले त्रिविले तोकेका परिक्षा केन्द्रहरुका परिक्षार्थिलाई प्रवेस पत्रका आधारमा तत्काल कोरोना खोपको व्यवस्था गरेर परिक्षा संचालन गर्न माग गरेको छ । आज पाँच विद्यार्थि संगठनले संयुक्त रुपमा स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई ज्ञापन पत्र बुझाउँदै कारोनाको कहर फैलिरहेको अवस्थामा विद्यार्थिले खोप नलगाएको हुँदा संक्रमणको जोखिम बढेको बताउँदै यस्तो माग गरेको हो ।

साथै परिक्षा हलमा असुरक्षा महशुस भएका कारण परिक्षा प्रभावकारी नभएको र बिद्यार्थिहरुलाई मानसिक तनाव थपिएको पाँच बिद्यार्थि संगठनको ठहर रहेको छ । अहिले त्रिभुवव विश्वबिद्यालयले रोकेका परिक्षा संञ्चालनमा छन् । साथै अन्य बिश्वबिद्यालयहरुको पनि केही परिक्षा चालु रहेको र केहिको तयारी भईरहेको अवस्थामा रहेका छन् ।

सयअघि पनि आँफुहले परिक्षा संञ्चालनको लागी परिचालित गरिने विश्वबिद्यालयको जनशक्ति र विद्यार्थिहरुलाई खोप लगाई तथा स्वास्थ्य मापदण्डहरु अपनाएर सुचारु गर्न माग गरेकोमा त्यसो नभएको भन्दै गुनासो व्यक्त गरेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय