
श्रावण २५, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली देउवा सरकारप्रति खनिएका छन् । अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकार अपवित्र गठबन्धनबाट बनेर आएको बताउनु भएको छ । एमालेको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अहिलेको सरकार लोकतान्त्रिक बाटोबाट नभएर अपवित्र गठबन्धनबाट बनेर आएको बताउनु भएको हो ।
उहाँले अहिलेको सरकार देशभक्त शक्तिविरुद्ध बनेको गठबन्धनको सरकार भएको समेत दाबी गर्नुभएको छ । ’बहुदलीय प्रतिस्पर्धात्मक प्रणालीमा विश्वास नगरेर अपवित्र गठबन्धनको संस्कृतिको विकास भएको छ,’ ओलीले भन्नुभयोे,’त्यस संस्कृतिको काम के भन्दा प्रगतिशील र जनपक्षीय शक्तिकाविरुद्ध आक्रमण केन्द्रीत गर्ने । यसलाई उहाँहरू लोकतान्त्रिक संस्कृति भन्नुहुन्छ । सुरु कसरी गर्नुहुन्छ भने नेकपा एमाले सरकारका पालामा गरिएको नियुक्ति खारेज गरेर । ’
उहाँले आफूहरु पवित्र साँठगाँठ र संस्कृतिको विकास गर्नतिर लागेको समेत बताउनु भएको छ ।