
२२ साउन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले सरकारको प्रस्तावित साझा न्युनतम कार्यक्रममा ‘स्थानीयतहलाई प्रदेश सरकार मातहत ल्याउने’ विषय समावेश हुनु गलत र आपत्तिजनक रहेको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस राख्दै अध्यक्ष थापाले यस्तो बताएका हुन् ।
सत्तारूढ गठबन्धनको कार्यदलले प्रधानमन्त्री शेरबहादुर देउवासहितलाई बुझाएको साझा न्यूनतम कार्यक्रममा उक्त कुरा समेटिएपछि थापाले यस्तो ट्वीट गरेका हुन् ।
उनले वास्तवमा राष्ट्रको लागि बोझ बनेको र अनावश्यक ‘प्रदेशतह’ खारेज गरी स्थानीयतहलाई अझ बढी साधनश्रोत र अधिकार सम्पन्न तुल्याउनु अहिले आवश्यकता भएको बताएका हुन् । अध्यक्ष थापाले सुदृढ स्थानीय स्वायत्त शासन प्रजातन्त्रको मेरुदण्ड भएको समेत बताएका छन् ।
उनको स्टाटस्ः सरकारको प्रस्तावित साझा न्युनतम कार्यक्रममा ‘स्थानीयतहलाई प्रदेश सरकार मातहत ल्याउने’ विषय समावेश हुनु गलत र आपत्तिजनक छ । वास्तवमा राष्ट्रको लागि बोझ बनेको र अनावश्यक ‘प्रदेशतह’ खारेज गरी स्थानीयतहलाई अझ बढी साधनश्रोत र अधिकार सम्पन्न तुल्याउनु अहिले आवश्यकता हो । सुदृढ स्थानीय स्वायत्त शासन प्रजातन्त्रको मेरुदण्ड हो ।