
काठमाडौं- माधवकुमार नेपाल समूहको केन्द्रीय समिति बैठकमा सहभागी हुने केन्द्रीय समिति सदस्य संख्या बढेको दावी गरिएको छ । बैठकमा सहभागी एक नेताले बिहीबारको तुलनामा ७ जना केन्द्रीय सदस्य आजको बैठकमा थपिएको बताए ।
बैठकस्थलमा राखिएको उपस्थिति माइन्युटमा ७७ जनाको हस्ताक्षर रहेको छ भने स्थायी कमिटी सदस्य समेत रहेका सुरेन्द्र पाण्डे र भीम आचार्य आजको बैठकमा सहभागी भएका छन् । हिजो ७० जनाको सहभागिता रहेको बताइएको थियो ।