गणेश एसके, कञ्चनपुर । दार्चुला जिल्लामा तुईनमा तर्दै गर्दा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुईनको डोरी काटेर बीचमै तर्दै गरेका ३५ वर्षीय जयसिंह धामीको मृत्युसम्म गराएको अमानविय, ज्याजतिपूर्ण, हिंसात्मक क्रियाकलापको विरोध गर्दै नेपाल कम्युनिस्ट पार्टी (विप्लव) ले कञ्चनपुरमा शनिबार प्रदर्शन सम्पन्न गरेको छ ।

नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता क।प्रकाण्डले शनिबार विज्ञप्ति जारी गर्दै निर्धारण गरेको केन्द्रिय कार्यक्रम अनुसार आज सो विरोध प्रदर्शन कञ्चनपुरमा पनि भएको हो । उक्त कार्यक्रममा नेकपा कञ्चनपुरका जिल्ला सचिव क । जीवनले सम्बोधन गर्दै साम्राज्यवाद,हेपाहा प्रवृत्ति र निर्मम संघर्स गरिने बताउनु भएको छ ।

सिमा क्षेत्रमा भारत सरकारका सुरक्षा र प्रशासनीक निकायहरुले नेपाल राष्ट्र र नेपाली जनताका विरुद्ध विगतमा घटार्ईएका जति पनि घटनाहरु छन त्यसमा भारतीय साम्राज्यवादी शासकवर्गको दृष्टिकोण र व्यवहार उदाङ्गीदै आएको छ र यसमा नेपाल सरकार पटक पटक निरिय,लाचार बन्दै गएको कुरा उदाङ्गो भएको प्रस्ट्याएको छ । जय सिँह धामीको घटना पनि त्यसैको उपज हो ।

यसर्थ तुईन घटनाको वास्तविक छानविन, दोषी माथि कडा कारवाही, पिडीतलाई न्याय र भारतीय शासकहरुको हस्तक्षेपकारी रवैयाका विरुद्ध देशव्यापी संघर्षमा उत्रिन पार्टीपंति र आम नेपाली जनतामा हाम्रो पार्टी जोडदार आह्वान गर्ने कुरा बताउँदै कार्यक्रम समापन गरेका थिए ।

उक्त विरोध प्रदर्शन मा अतिथिमा समाजवादी राष्ट्रिय मञ्च नेपाल का केन्द्रीय अध्यक्ष डिटी पाण्डे, ग्रेटर नेपालका केन्द्रिय उपाध्यक्ष गजेन्द्र पाण्डे ,लगायतका नेकपा नेता कार्यकर्ताहरू को उत्साह पूर्ण सहभागिता रहेको थियो । सो कार्यक्रम युवा संघ नेपाल का केन्द्रीय सदस्य भुवन कुँवर ले कार्यक्रम सञ्चालन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय