
काठमाडौं। प्रतिनिधिसभा सदस्यबाट पदमुक्त भएका टोपबहादुर रायमाझी,लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले पुनर्बहालीको माग गर्दै रिट दायर गरेका छन्। एमालेमा गएपछि माओवादी केन्द्रले कारबाही गरेर पदमुक्त भएका ४ नेताले प्रतिनिधिसभा सदस्यमा पुनर्बहालीको माग गर्दै दायर गरेको रिटमाथिको सुनुवाइ आज पनि स्थगित भएको छ।
न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासमा पेसी तोकिएको थियो। यसअघि बिहीबार न्यायाधीश दीपक कार्कीको इजलासमा पेसी तोकिए पनि हेर्न नभ्याइनेमा परेको थियो।