काठमाडौं । गएको आइतबारदेखि बेपत्ता भएका झापाको शिवसताक्षी नगरपालिका–१०, सन्थाल बस्तीका ३२ वर्षीय सरोज शर्माको शव गाडिएको अवस्थामा फेला परेको छ ।

शर्मा आइतबार (कात्तिक ९)देखि गाडी (कार)सहित बेपत्ता भएका थिए । उनी सवार वाग्मती प्रदेशको ०१–०३०च ७१९४ नम्बरको गाडी बिहीबार (कात्तिक १३) झापाकै मेचीनगर नगरपालिका–१३, चारआलीस्थित हातेमालो सामुदायिक वनभित्र जलेको अवस्थामा फेला परेको थियो ।

शनिबार (कात्तिक १५) झापा गाउँपालिका–५ र बाह्रदशी गाउँपालिका–२ लाई जोड्ने हुलाकी राजमार्गअन्तर्गत विरिङ खोलाको पुलमुनि शर्माको शव गाडिएको अवस्थामा फेला परेको हो ।

यसैबीच, घटनामा संलग्न आरोपमा शिवसताक्षी–१० का सुनील शाहलाई प्रहरीले पक्राउ गरेको छ । शर्माका दुई साथीलाई समेत अनुसन्धानका निम्ति नियन्त्रणमा लिइएको छ ।

प्रहरीले नियन्त्रणमा लिएसँगै आक्रोशित स्थानीय र पीडित परिवारका सदस्यले आरोपितको घरमा तोडफोड गरेका छन् । उनीहरूले एउटा अटोमा समेत आगजनी गरेका छन् । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय