
सिन्धुली – नेपालमा पहिलो युद्ध संग्रहालय स्थापना गरिएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले आज विहान ११ बजे संग्रहालयको उद्घाटन गर्ने कार्यक्रम नेपाली सेनाको बर्दबहादुर गणले जनाएको छ। २०७६ कार्तिक २४ गते तत्कालीन उपप्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोखरेलले सिन्धुलीगढि युद्व संग्रहालयु को शिलान्यास गरेका थिए। ६ करोड ५० लाखको लागतमा उक्त संग्रहालयको निर्माण कार्य भइ करीब डेढ वर्षपछि आज उद्घाटन हुन लागेको हो।
६ कोठा र ६ हजार २८१ स्क्वायर फुटको संग्राहलयमा वीर गोर्खा र अंग्रेज फौजबीच सिन्धुलीगढीमा भएको युद्धको झल्को दिने लोपोन्मुख सामग्रीहरु, गढीको ऐतिहासिक सामरिक महत्व प्रर्दशन गर्न सकिने थिएटर, तत्कालीन समयमा सेनाले प्रयोग गरेका घरेलु हात हतियार, तोप, गोला, दस्तावेज, युद्धकालीन समयमा घरेलु सेना र विपक्षी सेनाको पोशाक प्रर्दशन लगायत राखिएको छ।