रुकुम पूर्व — बहुमूल्य जडीबुटी यार्चा यस वर्ष दोब्बर मूल्यमा बिक्री भएको पाइएको छ ।  यसपालि राम्रो गुणस्तरको एउटा यार्चाले १ हजार १ सय रुपैयाँसम्म मूल्य पाएको छ ।  किलोका रूपमा बिक्री हुँदा ९ देखि १८ लाख रुपैयाँमा बिक्री हुने अनुमान छ । हरेक वर्षको जेठ दोस्रो सातादेखि असार पहिलो सातासम्म यार्चा संकलन हुन्छ । यस वर्ष झन्डै एक महिना यार्चा संकलन भएको थियो । सुरुमा कोरोना महामारीका कारण यार्चा संकलनका लागि बुकी र पाटन खुला नगर्ने निर्णय भएको थियो ।

जिल्ला विपद् व्यवस्थापन समिति तथा पुथाउत्तरगंगा गाउँपालिका दुवैले यार्चा संकलन गर्दा संक्रमण फैलने भन्दै यार्चा टिप्नका लागि बुकी खुला नगर्ने निर्णय गरेका थिए । पछि स्थानीयको दबाबपछि बुकी खुलाइएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय