काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकासँग कोभिड–१९ विरुद्धको थप खोप सहयोग गर्न आग्रह गरेका छन् । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनसँग मंगलबार बेलुका टेलिफोन कुराकानी गर्दै देउवाले खोप सहयोग गर्न आग्रह गरेका हुन् ।

भारतको दुईदिने भ्रमणका  रहेका ब्लिन्केनले नयाँदिल्लीबाट प्रधानमन्त्री देउवालाई फोन गरेका थिए । कुराकानीका क्रममा उनीहरूबीच कोभिड–१९ विरुद्धको खोपको सहकार्य र स्वास्थ्य सामग्री सहयोगका विषयमा कुराकानी भएको थियो ।

संवादमा प्रधानमन्त्री देउवाले खोप कूटनीतिमा जोड दिएको प्रधानमन्त्री देउवाका प्रेस सहयोगी गोविन्द्र परियारले  बताए । ‘प्रधानमन्त्रीले खोपलाई प्राथमिकता दिँदै थप सहयोगका लागि आग्रह गर्नुभएको छ । साथै, उहाँले अनुदान र खरिद दुवै प्रक्रियामा खोप ल्याउन नेपाल तयार रहेको प्रस्ट पार्नुभएको छ,’ उनले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय