काठमाण्डौ – गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेल र लुम्बिनी प्रदेशका प्रमुख धर्मनाथ यादव पदमुक्त हुनुभएको छ ।

मन्त्रिपरिषद्को आज  बसेको बैठकले गण्डकी प्रदेश प्रमुख पौडेल र लुम्बिनी प्रदेश प्रमुख यादवलाई पदमुक्त गर्न राष्ट्रपतिसमक्ष प्रस्ताव गरेको थियो । त्यही सिफारिसका आधारमा राष्ट्रपति भण्डारीले पौडेल र यादवलाई पदमुक्त गर्नुभएको हो ।

राष्ट्रपति भण्डारीले संविधानको धारा १६५ को उपधारा १ को खण्ड ख बमोजिम पौडेल र यादवलाई पदमुक्त गर्नुभएको राष्ट्रपति कार्यालयको विज्ञप्तिमा भनिएको छ । मन्त्रिपरिषद्ले गण्डकको प्रमुखमा गुरुङ र लुम्बिनीमा अमिक शेरचनलाई नियुक्त गरेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय