सिरहा । दसैँको दुर्गा पूजाको विषयमा विवाद हुँदा सिरहामा दलित समुदायको घर भत्काइदिएपछि वडाध्यक्ष पक्राउ परेका छन्।

कल्याणपुर नगरपालिका ८ का वडाध्यक्ष रामकिशोर यादव पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालय सिरहाको एसपी अनन्तराज शर्माका अनुसार अन्य १३ जनाविरुद्ध आपराधिक उपद्रवअन्तर्गत जाहेरी दर्ता भएको छ।

‘यसघटनामा संलग्न रहेको आरोपमा वडाध्यक्षसहित ३ जना पक्राउ परिसकेका छन्। १३ जनाविरुद्ध जाहेरी छ,’ शर्माले भने, ‘फरार रहेकाहरूको खोजी जारी छ। अनुसन्धान पनि जारी छ।’

प्रहरीका अनुसार दसैँको दुर्गा पूजाको क्रममा स्थानीय दलित समुदायसँग विवाद भएको र विवाद भएसँगै ऐलानी जग्गामा रहेको दलित समुदायको ५ वटा घर वडाध्यक्ष यादवको टोलीले भत्काएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।

‘३ वटा घर त बस्नै नमिल्ने गरी पूर्ण क्षति छ। २ वटामा पनि क्षति पुगेको छ’ उनले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय