काठमाडौं । मतदाता नामावलीमा कार्तिक ३० गतेसम्म नाम दर्ता गर्न सकिने भएको छ।
यसअघि स्थगित भएको मतदाता नामावली संकलनलाई आयोगले पुनः सुरु गरेको हो।
निर्वाचन घोषणा भएपछि मतदाता नामावलीमा नाम दर्ता गर्न नसकिने ऐनको बाधालाई फुकाउन राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार एक अध्यादेश जारी गरेका थिए।
अध्यादेश जारी भएसँगै आयोगले बिहीबार सूचना जारी गरेर कार्तिक ३० गतेसम्म नाम दर्ता गराउन सकिने बताएको हो।
विदाको दिन बाहेक प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयहरुमा नाम दर्ता गर्न सकिने छ।
त्यस्तै अनलाइनबाट आवेदन भरी प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयहरुमा गएर जैविक विवरण ९बायोमेट्रिक० उपलब्ध गराउनुपर्ने छ।
१६ वर्ष उमेर पुगेकाहरुले नाम दर्ता गर्न पाउने छन्। यद्यपि, मतदान गर्न भने १८ वर्ष पूरा भएकाले मात्रै गर्न पाउने छन्।
प्रतिनिधि सभाको आगामी निर्वाचन फागुन २१ गते हुँदै छ।





