काठमाडौं । आज बिहान ८ बजेसम्मको जानकारी अनुसार देशभरका ५ सडकखण्ड पूर्णरुपमा अवरुद्ध भएका छन्  ।  भने चारवटा सडकखण्ड एकतर्फी रुपमा मात्रै सञ्चालन भएका छन् ।

प्रहरीका अनुसार कोशी राजमार्गअन्तर्गत संखुवासभाको भोटखोला गाउँपालिका-४ बरुण र मकालु गाउँपालिका-एकुवामा सडक अवरुद्ध भएको छ।

बाढीले रसुवाको गोसाइकुन्ड गाउँपालिका-२ स्थित नेपाल र चीन नाका जोड्ने पुल बन्द भएको छ । चितवनको इच्छाकामना गाउँपालिका-५ तुइनखोलामा पहिरो जाँदा नारायणगढ-मुग्लिन सडक सडक पूर्णरुपमै बन्द छ ।

यस्तै, मध्यपहाडी लोकमार्ग अन्तर्गत रुकुम पूर्वको भूमे गाउँपालिका-४ काँडाबगरमा पहिरो जाँदा सडक पूर्ण रुपमा अवरुद्ध भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय