११ साउन, काठमाडौं । नेकपा एमाले नेता महेश वस्नेतले आँफुले कसैलाई धम्की नदिएको बताएका छन् । नागरिक अगुवा खगेन्द्र संग्रौलाले बस्नेतले आँफुलाई धम्की दिएको भनि दिएको अभिव्यक्तिमा वस्नेतले आँफुले संग्रौलालाई थर्काउने वा धम्की दिने काम नगरेको प्रष्टोक्ति दिएका छन् । साथै उनले संग्रौलाको उक्त अभिव्यक्तिमा कटाक्ष गर्दै संग्रौलाले फेरी अर्काे गफ दिएको बताएका छन् ।

उनले आँफु भक्तपुरको असल संस्कार युक्त परिवारमा हुर्केको मान्छे भएको, राजनीतिक रुपमा पनि जेष्ठ नागरिक र अग्रजहरुको सम्मान गर्ने एमाले, उक्त पार्टीका नेताहरु मनमोहन अधिकारी र के पी ओलीको अनुयायी, सेवा र आदरभावका साथ प्रस्तुत हुनु आफ्नो स्वभाव भएको बताएका छन् । साथै उनले धम्काउने, थर्काउने आफ्नो शैली नभएको समेत बताएका छन् । गाली शिरोमणिको उपमा पाएका बाजे अरुलाई होच्याउन र अपमान गर्न निकै सिपालु मानिन्छन् उनले संग्रौलातर्फ व्यंग्य गर्दै भने ।

साउन ९ गते उपत्यका युथ फोर्स कमान्ड घोषण सभामा आँफुले खगेन्द्र र माधव नेपाल कसैलाई नथर्काएको र तेसो गर्न आवस्यक नै नभएको बताएका छन् । उनले अगाडी भनेका छन्ः युथ फोर्सले जाई कटक नगर्नु झिकि कटक गर्नु भन्ने पृथ्वीनारायण शाहको दिव्य उपदेशको फलो गर्नेछ । सहज ढंगले आफ्नो लक्षमा हिडनेछ। बाधा अडचन आइपरे मात्र हटाउनेछ । एमालेको पंक्ति र जनता संग सत्रुता साँध्ने शक्ति वाहेक कोही त्रसित हुन आवस्यक छैन। युथ फोर्सको गठनले असाहाय, पिडित, गरिव, देशभक्त, प्रगतिशील र जनवादी शक्ति उत्साहित भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय